७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

साना किसान डुमरवाना २९ औं बर्षमा प्रवेश, सदस्यमाझ मनायो स्थापना दिवस



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या ७६४
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा केन्द्रीय कार्यालय रहेको साना किसान कृषि सहकारी संस्थाले २८ औं स्थापना दिवस मनाएको छ । आइतबार संस्थाको एकिृत कृषि सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरि संस्थाले आफ्नो बार्षिकोत्सव तथा स्थापना दिवस मनाएको हो । 
    बाराको निजगढ, कोल्हवी, सिमरा, डुमरवाना र कतर्वा गरी पाँच स्थानका सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको संस्था जिल्लाकै ठुलो र देशकै नमुना सहकारीका रुपमा स्थापित छ । 

    करिब ९ हजार सेयर सदस्यका विच पौने दुई अर्बको कारोबार गरिरहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष प्रदिप बरालले संस्थाले कृषि क्षेत्रमा लगानी बढाउने योजना बनाईरहेको जानकारी दिए । हाल एकिकृत कृषि सेवा केन्द्रबाट सदस्यहरुलाई सुलभ दरमा कृषि सेवा प्रदान गरिरहेको संस्थाले सदस्यबाटै उत्पादित धान खरिद गरी चामल उत्पादन गरिरहेको छ । निकट भविष्यमै चामल संगै शुद्ध तेल उत्पादनको तयारी गरिरहेको संस्थाका अध्यक्ष बरालले जानकारी दिए । 
    कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर १४ की अध्यक्ष चयन गुरुङ्ग, साना किसान लघु वित्त वीतीय संस्थाका अध्यक्ष खेम पाठक, साना किसान विकास बैंक हेटौंडाकी प्रमुख कृष्णकला शर्मा लगायतको उपस्थिती रहेको थियो । 

    देशमै उत्कृष्ट कृषि सहकारीका रुपमा स्थापित साना किसान कृषि सहकारी संस्थाले आफ्नो २८ औं वार्षिकोत्सवका अवसरमा मन्त्री साह सहित साना किसान लघुवित वीतीय संस्थाका अध्यक्ष खेम पाठक र समाजसेवी केदारनाथ बजगाँईलाई सम्मान गरेको थियो ।

    यो पनि पढ्नुहोस् ।