७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

काँग्रेस नेता डा. पराजुलीद्वारा होलीको शुभकामना व्यक्त, मेलमिलाप बढाउन आग्रह



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या ६०८
  • सिमरा : नेपाली काँग्रेसका नेता एवं संविधान सभा सदस्य डा.  शोभाकर पराजुलीले होली पर्वको अवसरमा एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण नेपाली हरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
    ‘होली पर्व २०८० को मंगलमय शुभकामना होली, फागु, फागु पूर्णे आदि नामले चिनिने उल्लास र उमंगको यो महान पर्वको पावन अवसरमा सबैमा मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ डा.पराजुलीले भन्नुभएको छ ।
    ‘हाम्रो जीवनलाई विनम्र शालीन, प्रेमिल, न्यायिक र सार्थक बनाउने प्रेरणा प्राप्त होस्’ डा. पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 
    होली पर्वले मानवविच समान व्यवहारको सन्देश प्रवाह गर्ने प्रेरणा प्रदान गरोस भन्दै नेता डा. पराजुलीले सदभाव, मेलमिलाप, भाइचारा, प्रेमभाव बढाओस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ । ‘सबैमा शान्ति,सुस्वास्थ्य,समृद्धि र समुन्नतिका निमित्त हार्दिक मंगलमय शुभकामना’ डा. पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
    नेपाली काँग्रेसका पूर्व मूख्य सचिब एवं संसदीय दलका सचेतक रहनुभएका डा. पराजुली हाल बाराको जीतपुरसिमरा ४ स्थित नीजि निवास ‘समता सदन’ मा बस्दै आउनुभएको छ । साहित्य र लेखनमा व्यस्त रहने नेता पराजुली नेपाली राजनीतिमा बौद्धिक नेताका रुपमा परिचीत हुनुहुन्छ । डा. पराजुलीका आधा दर्जन बढि पुस्तक समेत प्रकाशित छन् ।