७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

१४ औं जीतपुरसिमरा गोल्डकप : तीनओटै विभागीय सहित १० टिमको सहभागिता



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या ६४७
  • सिमरा : जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण आगामी वैशाख २४ गतेदेखि आयोजना हुने भएको छ । आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार प्रतियोगितामा सहभागि हुने सबै टिमको टुङ्गो लागेको छ । 
    सिमरा रङ्गशालामा फ्लड लाईटमा आयोजना हुने प्रतियोगितामा तीन विभागीय सहित ६ ए डिभीजन क्लब र चारवटा मोफसलका टिम सहभागि हुनेछन् । प्रतियोगितामा साविक विजेता चर्च ब्वाइज युनाईटेड, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, फ्रेण्डस क्लब, मच्छिन्द्र क्लब, वीरगञ्ज युनाईटेड क्लब, सहलेस युवा क्लब सिराहा, मकवानपुर ११ हेटौंडा र आयोजक नवजनजागृति युवा क्लबको सहभागिता रहनेछ । 
    प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगिताको तयारीमा आयोजक क्लब तिव्रताका साथ लागेको क्लबका अध्यक्ष लामाले जानकारी दिनुभयो ।