सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रण सम्बन्धी सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सिमरामा सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा उपमहानगर भित्रका मेडिकल व्यवसायी, पत्रकार, प्रहरी लगायतको सहभागिता रहको थियो ।
सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा उपमहानगरका जनस्वास्थ्य शाखा प्रमुख रविकुमार भाष्करले डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालाहरुले खेल्नुपर्ने भूमिका तथा अपनाउनुपर्ने सावधानीका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख शिवजी प्रसाद, पत्रकार प्रकाश लम्साल लगायतले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस