२ जेठ २०८२ बिहिबार | 15 May 2025 Thu

बाराको पिलुवामा भएको दुर्घटनामा दुईजनाको मृत्यु, एकको पहिचान खुल्यो



  • नयाँ इतिहास
  • ४ हप्ता अघि
  • पाठक संख्या ३५५८
  • सिमराः पथलैया–निजगढ सडकखण्डको १३ किलोमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाएका दुइमध्ये एक जनाको पहिचान खुलेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही बरथवा नगरपालिका १५ हजरियाका ४६ वर्षीय नारायण हरी शर्मा रहेका छन् । उनी कारमा सवार थिए । दुर्घटनामा ज्यान गुमाएका कार चालकको भने पहिचान खुल्न बाँकी छ ।

    जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित भूईपुल नजिकको क्षेत्रमा कार र ट्रिपर ठोक्किएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार निजगढबाट पथलैयातर्फ आउँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको ट्रिपर र पथलैयाबाट निजगढतर्फ जाँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनालगत्तै कारमा सवार दुई जनालाई निजगढस्थित अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    प्रहरीका अनुसार ट्रिपर चालक फरार छन् । ट्रिपर सडक छेउमा पल्टिएको छ भने कारको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त छ ।