२ जेठ २०८२ बिहिबार | 15 May 2025 Thu

जीतपुरसिमरा र परवानीपुरमा ‘ट्राफिक सप्ताह’ मनाईंदै



  • नयाँ इतिहास
  • हिंजो प्रकाशित
  • पाठक संख्या १३७
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा ट्राफिक सप्ताहको आयोजना गरिने भएको छ ।

    परवानीपुर–पथलैया ६ लेन सडकमा ट्राफिक चेतना तथा सडक सुरक्षाका विषयमा नागरिकलाई जागरुक गराउने मुल उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो । 

    जिल्ला सुरक्षा समिति बाराको आयोजनामा मङ्गलबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ट्राफिक सप्ताह कार्यक्रमको तयारीका लागि सरोकारवालाहरुविच अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो । 

    कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री पटेल, सडक विभाग क्षेत्रीय कार्यालय हेटौंडाका प्रमुख गुरु प्रसाद अधिकारी, बाराका प्रहरी उपरिक्षक सन्तोष तामाङ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख राजन दाहाल, ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख शुभद्रा लामा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष सुनील गुप्ता लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

    मङ्गलबार सम्पन्न बैठकले जीतपुरसिमरा उपमहानगरपालिकाकी वातारण शाखा प्रमुख इन्जिनीयर पुष्पा सिंहको संयोजकत्वमा ट्राफिक सप्ताह आयोजनाका लागि तयारी समिति गठन गरिएको छ । 
    आगामी जेठ १३ देखि २० गतेसम्म ट्राफिक सप्ताह आयोजना गरिनेछ ।