सिमरा : बाराको जीतपुरस्थित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य शुरु भएको छ ।
बुद्ध जयन्ती तथा उभौली पर्वको अवसर पारेर सोमबार विहान एक कार्यक्रमका विच भवन निर्माण कार्य शुरु गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको अधुरो भवनलाई संघले व्यवस्थित सभाहलका रुपमा विकास गर्न लागेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।
कुल १३ लाख ५० हजार रुपैयाँको लागतमा बन्न लागेको सभाहल जीतपुरसिमरा उपमहानगरपालिका भित्रकै व्यवस्थित सभाहलका रुपमा निर्माण हुनेछ ।
जीतपुरसिमरा–७ स्थित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कार्यालय रहेको भवनको माथिल्लो तल्लामा सभाहल निर्माण कार्य शुरु गरेपनि आर्थिक अभावका कारण अधुरै रहेको थियो । उक्त अधुरो भवन निर्माणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१।८२ को बजेटमा समाबेश गरी बजेट विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस