३ असार २०८२ मंगलबार | 17 Jun 2025 Tue

यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा



  • नयाँ इतिहास
  • ६ घण्टा अघि
  • पाठक संख्या ५१
  • काठमाण्डाै – यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ बिगो मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । गौतमले पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

    गौतम २०५५ सालमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेशदेखि २०७९ सालसम्मको अवधिमा गौतमको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा गौतमले ५ करोड ४० लाख ९८ हजार ९ सय ५५ रुपैयाँ आर्जन गरेको देखिएकोमा २ करोड ८९ लाख २० हजार २ सय ६८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ ।

    अख्तियारले तत्कालीन अधिकृत कमलराज गौतमले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती सरला नेपाललाई पनि प्रतिवादी बनाएको छ ।