७ जेठ २०८२ मंगलबार | 20 May 2025 Tue

जीतपुरसिमरा उपमहानगरपालिका भित्रका किशोरीलाई ‘एच.पि.भी’ खोप लगाइने



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या २३३
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एच.पि.भी.)खोप राष्ट्रिय खोप अभियायानका रुपमा माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन गर्ने भएको छ । यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका झण्डै ८ हजार किशोरीलाई माघ २३ गतेबाट विद्यालयस्तरमा ‘एच.पि.भी.’ खोप लगाइने भएको हो।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एच.पि.भी.)खोप राष्ट्रिय खोप अभियायानका रुपमा माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन गर्ने भएपछि जीतपुर सिमराले माघ २३ बाट १० देखि १४ वर्ष उमेर समूहका ७ हजार ८ सय ५१ जना किशोरीलाई खोप लगाउने भएको हो ।

    सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन १५ दिने अभियान अर्न्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई खोप लगाउन लागेको हो ।

    बारा जिल्लाका ४५ हजार ३ सय ३५ जना किशोरीलाई खोप दिन लागिएको जनस्वास्थ्य निरीक्षक सनद जैसवालले बताएका छन्।

    जीतपुर सिमरा उपमहानगरपािलका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख रवि भास्करले यस पालिकाअन्तरगत विद्यालय जाने ६ हजार १ सय १८ छात्राहरुमा कक्षा ६ का १ हजार ५ सय ९८ र कक्षा ७ देखि १० सम्मका ४ हजार ५ सय २० जना छात्रालाई खोप दिइने बताउनुभयो ।

    यसैगरी उहाँले विद्यालय बाहिर रहेका १ हजार ७ सय ३३ किशोरी मध्ये १० वर्षका ५ सय ८० र १० देखि १४ वर्ष उमेर समूहका १ हजार १ सय ५३ जना खोप अभियानमा समेटिने जानकारी गराएका हुन ।

    पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

    जीतपुरसिमराका २४ ओटै वडामध्ये प्रत्येक वडाका स्वास्थ्य केन्द्र साथै प्रत्येक विद्यालयमा खोपकेन्द्र सञ्चालन गरिने छ ।