६ जेठ २०८२ सोमबार | 19 May 2025 Mon

जीतपुरसिमराको १४ र १५ नम्बर वडामा किसान सूचीकरण गरिंदै



  • नयाँ इतिहास
  • ४ दिन अघि
  • पाठक संख्या ५३५
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले किसान सूचीकरण कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाईरहेको छ । 

    उपमहानगरको कृषि शाखा प्रमुख अनिस प्याकुरेलका अनुसार जेठ १ गतेबाट जीतपुरसिमरा १४ र १५ नम्बर वडाका किसानलाई सूचीकरण गर्ने कार्यक्रम शुरु भएको छ । यसअघि विभिन्न वडामा यस्तो कार्यक्रम सञ्चालन भइरहेको कृषि शाखा प्रमुखख प्याकुरेलले बताए । 

    के हो किसान सूचीकरण ?

    कृषि पेशा र व्यवसायमा संलग्न रहेका किसानले नेपाल सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण संकेत नम्बर अनिवार्य रहेकोले यस सफ्टवेयर प्रणालीमा आवद्ध हुनु जरुरी छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न तोकिएका संक्षिप्त विवरणहरू नेपाल सरकारको प्रणालीमा प्रविष्ट गर्नुपर्छ । यस प्रणालीमा किसानलाई सूचीकरण गराउन उपमहानगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ । 

    किसान सूचीकरण कार्यक्रमका बारेमा थप जानकारी