सिमरा : लायन्स इन्टरनेशनल ३२५ ‘एस’ को हेटौंडामा जारी निर्वाचन प्रकृया विवादमा परेपछि निर्वाचन प्रकृया रोक्न निर्देशन दिईएको छ ।
लायन्स इन्टरनेशनल ३२५ ‘एस’ नेपालकी डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन टासी डोल्मा तुम्बाहाम्फेले ६ वैशाखमा निर्वाचन समिति सदस्य सुवास न्यौपानेलाई पत्र लैख्दै लियो जिल्ला परिषद ३२५ एसको आयोजना तथा लियो क्लब अफ भुटनदेवी हेटौंडाको संयोजकत्वमा शनिवार शुरु भएको निर्वाचन प्रकृया रोक्न निर्देशन दिएकी छन् ।
उक्त निर्वाचन प्रकृयाका सम्बन्धमा लियोको निर्वाचन नियमावली २०७९ का सन्दर्भमा उठेको विवादको धारा अध्ययन गर्दा तथा सोही नियमावली अनुसार परेको दाबी विरोधको पत्रलाई अध्ययन गरी छलफल गर्नुपर्ने आवश्यक्ता देखिएकोले निर्वाचनका कार्यक्रम तत्कालका लागि रोक्न आग्रह गरिएको छ ।
साथै उक्त निर्वाचन प्रकृयाका सन्दर्भमा गवर्नर टिम र निर्वाचन समितिको छलफल पछि बाँकी प्रकृया अघि बढाउने समेत पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस