७ जेठ २०८२ मंगलबार | 20 May 2025 Tue

देशभर तापक्रम बढ्ने क्रममा, सावधानी अपनाउन आग्रह



  • नयाँ इतिहास
  • ४ हप्ता अघि
  • पाठक संख्या १९८
  • काठमाडौं : स्थानीय वायुको आंशिक प्रभावले देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा छ।

    मध्य र पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना छ। त्यसैले गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ। विशेषगरी तराई-मधेशका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।  

    महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।