७ जेठ २०८२ मंगलबार | 20 May 2025 Tue

शिक्षक आन्दोलनमा पुगेर किसान श्रेष्ठले भने, यसपटक निर्णायक लडाँइ लडौं



  • नयाँ इतिहास
  • ३ हप्ता अघि
  • पाठक संख्या २४७
  • सिमरा : बारा क्षेत्र नम्बर ४ का सांसद एवं पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठले आन्दोलनरत शिक्षकहरुमाथी सरकारले गरेको दमन निन्दनीय रहेको बताएका छन् ।

    सोमबार काठमाडौंको बबरमहलमा भइरहेको शिक्षक आन्दोलनस्थलमा पुगेर सञ्चारकर्मीहरु संगको कुराकानीमा पुर्बमन्त्री श्रेष्ठले सरकारका तर्फबाट आइतबार भएको दमन निन्दनीय रहेको बताएका हुन् । सरकारले शिक्षकहरुलाई तर्साउन सकिन्छ कि भनेर दमनको प्रयास गरेको नेता श्रेष्ठले बताए । ‘सरकारले पानी धमिलो पार्न सकिन्छ कि भनेर प्रयास गरेको छ, तपाँइहरु नडराउनुस्’ नेता श्रेष्ठले भने । 

     अघिल्ला सरकारले शिक्षकहरुलाई पटकपटक धोका दिइसकेकाले निर्णायक युद्ध छेड्न पनि पुर्बमन्त्री श्रेष्ठले आह्वान गरे । ‘म र मेरो पार्टी एकिकृत समाजवादी तपाँइहरुका साथमा छौं, तपाँइहरुको आन्दोलन निर्णायक बनाउनुस्’ नेता श्रेष्ठले शिक्षकहरुलाई भने ।