सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको प्रगतिशिल सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन १८ वैशाखमा हुँदैछ ।
अध्यक्ष पदमा सन्तोष दाहाल र अमिताभ चौधरीका विचमा प्रतिष्पर्धा हुँदैछ भने दुबै समुह प्यानल सहित चुनाव लड्दैछन् । निर्वाचन समितिले चुनाब चिन्ह सार्वजनिक गरेपछि उम्मेदवारहरु चुनाव चिन्हसहित मत माग्न ब्यस्त छन् ।
सन्तोष दाहाल समुहको चुनाब चिन्ह हात्ती रहेको छ भने अमिताभ चौधरी समुहको चुनाब चिन्ह बाघ रहेको छ । बाघ र हात्तीको विचमा हुने यो भिडन्तमा राजनीतिक विभाजन समेत देखिएकाले औराहाको सामुदायिक बनको निर्वाचनलाई समग्र उपमहानगरपालिका भर चासोका साथमा हेरिएको छ ।
सन्तोष दाहाल समुहलाई माओबादी र काँग्रेसको साथ छ भने अमिताभ चौधरी एमालेका उम्मेदवार हुन् । जीतपुरसिमरा ४ का वडाध्यक्ष ईश्वर केसीले सन्तोष दाहाल समुहको कमाण्ड सम्हालेका छन् भने अमिताभ चौधरी समुहको कमाण्ड नेकपा एमालेका नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहले सम्हालेका छन् । दुबै समुह सोमबार अबेरसम्म मतदाता उपभोक्ताको घरदैलोमा मत मागिरहेका छन् ।
सन्तोष दाहाल समुहका उम्मेदवारहरु
अमिताभ चौधरी समुहका उम्मेदवारहरु
निर्वाचन समितिका संयोजक रमेशप्रसाद खरेलका अनुसार वैशाख १८ गते विहिबार विहान ८ बजेबाट मतदान शुरु हुनेछ । कुल १७ सय ५६ मतदाता रहेको प्रगतिशिल साुमदायिक बन समुहको मतदानस्थल औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस