७ जेठ २०८२ मंगलबार | 20 May 2025 Tue

प्रगतिशील सामुदायिक बन निर्वाचन : १२६२ मत खस्यो, मतगणना केहिबेरमा शुरु हुने



  • नयाँ इतिहास
  • ३ हप्ता अघि
  • पाठक संख्या ४४५
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको प्रगतिशील सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन अन्तर्गत बिहीबार बिहान शुरु भएको मतदान सम्पन्न भएको छ ।

    १७ सय ५६ मतदाता रहेको सामुदायिक बनको मतदानमा १२ सय ६२ मत खसेको छ । विहिबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि मतदान समय तोकिएको थियो ।

    प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद खरेलका अनुसार मतदान शान्तिपूर्ण रूपमा सप्पन्न भएको छ । आजै साँझबाट मतगणना शुरू गर्ने प्रमुख निर्वाचन अधिकृत खरेलले बताए ।

    प्रगतिशील सामुदायिक बनको पाँच बर्षे कार्यकालका लागि अध्यक्ष पदमा संतोष दाहाल र अमिताभ चौधरीको दुई प्यानल प्रतिस्पर्धामा छ ।