सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दुर्गाबहादुर खत्री चयन भएका छन् ।
शनिवार विद्यालय प्राङ्गणमा भएको अभिभाभवक भेलाले विद्यालय व्यवस्थापन समिति चयन गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर शिक्षा ऐनमा उल्लेखित व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षले सिफारिस गरेका हुन् भने बाँकी सदस्यहरु अभिभावकको भेलाले छानेको हो ।
विद्यालय व्यवस्थापन समितिको सदस्यमा रञ्जिता चौधरी, चेतकुमारी गौतम र सदरुल नेशा चयन भएका छन् । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा गोमाकुमारी वाग्ले चयन भएकी छन् ।
मधेश प्रदेशका पुर्व प्रदेश सभा सदस्ूय सुन्दर विकको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलामा जीतपुरसिमरा–४ का वडाध्यक्ष इश्वर केसी, नगर कार्यपालिका सदस्य अर्जुन रसाईली लगायत वडा समितिका सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारीहरु लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक धनप्रसाद बजगाँईले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस