डीपी नेपाल
बारा, ५ फाल्गुन
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा पहिलोपटक जीतपुरसिमरा महोत्सवको आयोजना हुने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीस्थित प्रदर्शनीस्थलमा आयोजना हुने महोत्सव समग्र मधेशको पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने आयोजक नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मधेश प्रदेशका पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेले जानकारी दिए ।
‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुरसिमरा बारा–मधेश समृद्धिको आधार’ भन्ने मुल नारा सहित फाल्गुन १८ देखि शुरु हुन लागेको महोत्सव २९ फागुन सम्म चल्नेछ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले महोत्सवको आवश्यक तयारी भइरहेको जनाएको छ । संघका अध्यक्ष लामिछानेका अनुसार विभिन्न समितीहरुको गठन गरी महोत्सवस्थल व्यवस्थापनको काम द्रुत गतिमा अघि बढेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र जीतपुर र सिमराको मध्य भागमा आयोजना हुन लागेकाले पनि महोत्सवले समग्र उपमहानगरका नागरिकलाई समेट्ने विश्वास आयोजकको छ ।‘हामीले बजनीस्थित प्रदर्शनीस्थल रोज्नुको प्रमूख कारणनै जीतपुर र सिमराको मध्य भाग हो जसले सबैलाई समेटेर अघि बढ्न सहयोग गरेको छ ।’ संघका अध्यक्ष लामिछानेले भने ।
पहिलोपटक आयोजना हुन लागेको महोत्सवलाई व्यवस्थित बनाउन अन्य संस्थाहरुसंगको साथ र समन्वयमा अघि बढेको संघका अध्यक्ष लामिछानेले बताए । ‘चितवनको रत्ननगर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघजस्ता अनुभवी संघसंस्थाहरुसंग सहकार्य गरेर अघि बढिरहेका छौं’ अध्यक्ष लामिछानेले भने ।
मधेश प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्जका रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर, सिम्रौनगढ जस्ता बारा जिल्लाकै धार्मिक एवं पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि महोत्सवले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।
महोत्सवमा विभिन्न क्षेत्रका तीनसय बढी स्टल रहने आयोजक जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस