२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

एनपीएल दोस्रो क्वालिफायर: जनकपुरले पहिला फिल्डिङ गर्दै



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या ६६
  • काठमाण्डौंः नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा कर्णाली याक्स विरुद्ध जनकपुर बोल्ट्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा कर्णाली विरुद्ध जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    योसँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्नेछ ।

    पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यो खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।

    पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।

    कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।