सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ का सुनील गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले गुप्तालाई बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरा स्थित सिमरा विजनेश सेण्टरबाट विहिबार साँझ पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले गुप्तालाई सिमराको प्रहरी टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको जानकारी दिईन् ।
जीतपुरमा यामाहा मोटरसाईकलको शोरुम सञ्चालन गर्ने गुप्तालाई पक्राउ गर्न बारा प्रहरीले जिल्ला अदालत बाराबाट सोमबार पक्राउ पुर्जी लिएको थियो ।
जीतपुरका परशुराम गिरीको घरमा चैत्र १ गते होलीको दिन भएको घटनामा संलग्न रहेको आरोपमा यसअघिनै वडाध्यक्ष सुनील गुप्ता पक्राउ परिसकेका छन् । गत आइतबार पक्राउ परेका वडाध्यक्ष गुप्ता विरुद्ध प्रहरीले आपराधिक उपद्रव, डाँका र ज्यान मार्ने उद्योगमा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । सोही घटनामा संलग्न रहेको आरोपमा विहीबार पक्राउ परेका गुप्ता सहित १० जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छ ।
अन्य आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस