७ जेठ २०८२ मंगलबार | 20 May 2025 Tue

सांसद दीपक बोहराको निधन



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या २१२
  • रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद दीपक बोहराको निधन भएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो।

    महामारीमा कोरोना संक्रमित भएका उनी त्यस यता बोल्न नसक्ने अवस्थामा थिए। समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए। त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए।