७ जेठ २०८२ मंगलबार | 20 May 2025 Tue

लोकतन्त्रमा मतभेद स्वभाविक थियो, हिजोका गल्ती सच्याएर आएका छौं : वडाध्यक्ष पटेल 



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या ३५६
  • जीतपुरसिमरा उपमहानगरपालिका १० का वडाध्यक्ष संजय पटेलले हिजोका गल्ती सच्याएर उपमहानगरका जनप्रतिनिधिले एकताको सन्देश दिएको बताएका छन् । 

    शनिवार सम्पन्न उपमहानगरपालिकाको एघारौं नगर सभामा नेकपा एकिकृत समाजवादीका तर्फबाट सम्बोधन गर्दै वडाध्यक्ष पटेलले विभिन्न दल र समुदायको मिश्रित सभामा हिजोको मतभेदलाई स्वभाविक रुपमा लिनुपर्ने उल्लेख गरे । ‘हिजोका दिनमा हामीविच विवाद भएकै हो, तर यसलाई स्वभााविक रुपमा लिईनुपर्छ किनकी लोकतन्त्रमा सबै विचारको स्थान हुन्छ’ वडाध्यक्ष पटेलले भने । 

    फरक राजनीतिक दल, फरक धर्म र फरक जातजातीको प्रतिनिधित्व जीतपुरसिमरा उपमहानगरको नगर सभामा भएकाले विचार पनि फरक–फरक रहेको उल्लेख गरे । ‘तर हामी भित्रका फरक विचारलाई पनि उपमहानगरको विकासमा केन्द्रित गर्न हामी एकबद्ध भएर आएका छौं, हिजोका कमजोरी सच्याएर अघि बढ्न प्रतिबद्ध भएका छौं’ वडाध्यक्ष पटेलले भने ।