२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

फेरि बढ्यो अण्डाको भाउ, अब कति पर्छ गोटाको?



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या १०४
  •  

    काठमाडौं– बजारमा अण्डाको भाउ बढेको छ। शुक्रबारदेखि लागू हुने गरी अण्डाको भाउ प्रतिक्रेट १५ रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए।

    ‘हामी अण्डा उत्पादक व्यवसायीहरू बैठक बसेका थियौं,’ उनले भने, ‘उक्त बैठकले शुक्रबारदेखि लागू हुनेगरी प्रतिक्रेट १५ रूपैयाँले अण्डाको भाउ बढाएको छ।’

    बजारमा मध्यम, ठूलो र एक्स-एल गरी तीन आकारका अण्डा आउँछन्।

    अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७० रूपैयाँ छ। ठूलोको चार सय ८५ र एक्स-एल अण्डा पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

    मूल्य बढेसँगै शुक्रबारदेखि मध्यम अण्डा प्रतिक्रेट चार सय ८५, ठूलो पाँच सय र एक्सएल पाँच सय १५ रूपैयाँ पर्नेछ।

    यो किसानले पाउने मूल्य हो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। अब उपभोक्ताले अण्डा प्रतिगोटा २२ रूपैयाँ ५० पैसा तिर्नुपर्ने हुन्छ। यसअघि उपभोक्ताले प्रतिगोटा २० रूपैयाँ तिर्दै आएका थिए।

    पोखरेलका अनुसार लागत मूल्य नउठ्दा एकातिर अण्डा उत्पादक किसान घटेका छन् भने अर्कातिर चिसोका कारण अण्डा उत्पादन पनि कम छ। माग अनुसार उत्पादन नहुँदा मूल्य बढेको उनले बताए।