२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

सप्तरीको गजेन्द्रनारायण अस्पतालमा अख्तियारको टोली



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या ७८
  • राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा मंगलबार साँझ अख्तियारको टोली पुगेको छ ।

    साँझ अस्पतालमा पुगेको अख्तियारको टोलीले अस्पतालका कर्मचारीहरुसँग अस्पतालसँग समबन्धित विषयमा जानकारी लिएको छ । अख्तियारको इटहरीस्थित कार्यालय स्रोतका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालका विभिन्न कार्यक्रमबारे परेको उजुरीका सन्दर्भमा छानबिनका लागि अख्तियारको टोली त्यहाँ पुगेको हो ।

    कर्मचारीहरुसित जानकारी लिएपश्चात् अख्तियारको टोली फेरि भोलि बिहान आउने भन्दै फर्किएको छ । अख्तियारको टोली अस्पतालको परिसरमा अनुगमन गरिरहँदा फोटो खिचेका संचारकर्मीहरुलाई फोटो डिलिट गर्न दबाब दिएका थिए ।