२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

एकैदिन विवाह गर्दै क्रिकेटर दाजुभाई आरिफ र आसिफ



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या २११
  • नेपाली क्रिकेट टिमका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेख लगनगाँठोमा कसिन थालेका छन् । वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइ आगामी पुस २० गते एकैदिन लगनगाँठोमा कसिन लागेका हुन् । 

    पारिवारिक स्रोतका अनुसार दुवैजना दाजुभाइले आफ्नै समुदायका युवतीसँग मागीविवाह गर्न थालेका हुन् ।  गएको पुस ६ मा नेपाल प्रिमियर लिग (एनपिएल) को प्रथम संस्करणको प्रतियोगिता सकिएपछि उनीहरू घरमा बिहेको तयारीमा जुटेका छन् । आरिफ नेपाल प्रिमियर लिग एनपिएलको उपविजेत सुदूरपश्चिम रोयल्समा आबद्ध थिए भने आसिफ विजेता जनकपुर बोल्ट्सको मार्की खेलाडी थिए । जनकपुरले आसिफको कप्तानीमा नै उपाधि जितेको हो ।

    उनीहरू अहिले आफ्नो आफन्तदेखि चिनजान साथीभाइलाई पनि बिहेको निमन्त्रणा बाँड्नमा व्यस्त छन । यस्तै, फुर्सदको समयमा घरनजिक नै रहेको नारायणी खेलमैदानमा पनि देखिन थालेका छन्। 

    २६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन् । उनले सन् २०१४ देखि २०२४ सम्मको अन्तर्राष्ट्रिय करिअरको खेल खेल्न थालेका हुन् । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन् । 

    २३ वर्षीय आसिफ शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेटकिपरको रूपमा खेल्ने खेलाडी हुन् । आसिफ उनी सन् २०२१ देखि २०२४ सम्मको अन्तर्राष्ट्रिय करिअरमा खेल्न थालेका छन् ।

    तिवारी यादवले बीरगञ्जबाट नयाँ पत्रिका दैनिकमा खबर लेखेका छन् ।