२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

वीरगन्जमा क्रिकेटर आशिफ र आरिफ सम्मानित



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या १६०
  • सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वीरगन्जका खेलाडीद्वय आरिफ शेख र आशिफ शेखलाई सम्मान गरिएको छ ।

    वीरगन्ज महानगरपालिका १० को कार्यालयले जनही नगद ५१ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । आशिफ जनकपुर बोल्ट्स र आरिफ सुदूपश्चिम रोयल्सबाट एनपीएल खेलेका थिए ।

    सम्मान कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार कानुले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै वीरगन्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु‍र्याएकोमा वीरगन्जवासीलाई गौरवान्वित तुल्याएको बताए ।

    सम्मान ग्रहण गर्दै जनकपुर बोल्ट्सका मार्की प्लेयर आशिफ शेखले वीरगन्जवासीले देखाएको माया र सम्मानले आफूलाई उर्जा थपिएको बताए । यस्तै आरिफ शेखले पनि सम्मानप्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो खेल कौशललाई अझ निखार्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गर्न मेहनत गर्ने बताए ।

    कार्यक्रममा वडा समितिका सदस्य, वडा सचिव, वडावासी, खेलप्रेमी, र वडा कार्यालयका कर्मचारीको उपस्थिति थियो ।