नारायण पौडेल
सिमरा : लोटस एकेडमी अन्तर विद्यालय फुटवल प्रतियोगिता सुरु भएको छ । आइतबार देखि सुरु भएको अन्तर विद्यालय फुटवल प्रतियोगिता माघ १० गते सम्म संचालन हुने छ ।
प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाका १० नीजि विद्यालय सहभागि छन् । यसपटकको प्रतियोगितामा सबै विद्यालयका आधारभूत तहमा अध्ययनरत विद्यार्थी मात्र सहभागि हुने आयोजक लोटस एकेडेमीले जनाएको छ ।
लोटस एकेडमी सिमराका प्रधानध्यापक रामप्रसाद अधिकारीको अध्यक्षता तथा मधेश प्रदेश फूटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरीको प्रमुख अतिथ्यतामा आइतबार प्रतियोगिताको उद्घाटन भएको थियो ।
उद्घाटन खेलमा आयोजक लोटस एकेडमीले साना किसान शिक्षा सदन डुमरवानालाई ३१ को अन्तरले पराजित गरेको छ । उद्घाटन खेलको म्यान अफ दि म्याच लोटस एकेडमीका गौरभ चौधरी घोषित भए ।
प्रतिक्रिया दिनुहोस