२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

कृषि विकास बैंक मधेश प्रदेशमै उत्कृष्ट, सिमरा शाखामा मनाइयो बार्षिकोत्सव



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या ३२६
  • नारायण पौडेल

    सिमरा : कृषि विकास बैंकले मधेश प्रदेशमै उत्कृष्ट कारोबार गरेको छ । बैंकको कारोबार र खराब कर्जाको दर मधेश प्रदेशमा अन्य प्रदेश भन्दा कम रहेको बैंकले जनाएको छ ।

    बैंकको ५८ औं बार्षिकोत्सवका अवसरमा सोमबार सिमरा शाखाले आयोजना गरेको कार्यक्रममा बैंकको क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक रामप्रसाद गजुरेलले कृषि विकास बैंकले मधेशमा उत्कृष्ट कारोबार गरेको जानकारी दिनुभयो । 

    २० महिना अघिको तुलना गर्दै निर्देशक गजुरेलले अहिले बैंकले सबै क्षेत्रमा उल्लेख्य सुधार गरेको जानकारी दिनुभयो । आफूले बीरगञ्ज कार्यालयको जिम्मेवारी सम्हाल्दाताकाको स्मरण गर्दै वहाँले भन्नुभयो ‘वीरगञ्जको जिम्मेवारी लिन त्यतिवेला कोही तयार थिएनन्, मैले जोखिम मोलेर जिम्मेवारी लिएको थिएँ जसलाई कुशलता पूर्वक निर्वाह गरेको छु’ । बैंकको वीरगञ्ज कार्यालयले हेर्ने बारा, पर्सा रौतहट र सर्लाही जिल्लाका सबै शाखाले उत्कृष्ट कारोबार गरेको वहाँले बताउनुभयो । 

    वीरगञ्ज क्षेत्रीय कार्यालय अन्तर्गतका जिल्लाहरुमा निष्कृय कर्जाको दर सबैभन्दा कम रहेको र परियोजनाका आधारमा लगानी बढाईएको निर्देशक गजुरेलले बताउनुभयो । बैंकका कर्मचारीहरु र व्यवस्थापन विचको सहकार्यले पछिल्लो समय मधेशका शाखाहरुले विग्रेका कर्जाका फाइलहरुलाई समेत सुधारको गतिमा ल्याउन अब्बल कार्य गरिरहेको वहाँको भनाई छ । 

    बारा, पर्सा रौतहट र सर्लाही गरी चार जिल्लाका १४ हजार ऋणीलाई बैंकले ११ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको निर्देशक गजुरेलले जानकारी दिनुभयो । 

    कृषि विकास बैंक सिमरा शाखाका प्रमूख सुरेश भट्टराईको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बैंकका कर्मचारी तथा ग्राहकका विचमा विभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको थियो । कार्यक्रममा बारा तथा पर्साका विभिन्न क्षेत्रबाट बैंकका ग्राहकहरु सहभागि भएका थिए ।