२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

बिजुलीको महशुल तिर्न सरकारको मिलेमतोमा सिमेन्टको भाउ बढाइयो : सांसद श्रेष्ठ



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या २७२
  • काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरुले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाएका छन्।

    मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद श्रेष्ठले यस्तो आरोप लगाएका हुन्। 

    उनले ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महशुल तिर्नका लागि सरकारसँग मिलेमतो गरेर बोरामा दोब्बर मूल्य बढाएर उद्योगीहरुले उपभोक्तालाई मारमा पारेको आरोप लगाए। 

    उनले सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरेर ४५० रुपैयाँ प्रतिबोरा मूल्य रहेको सिमेन्ट अहिले ८५० रुपैयाँसम्म पुर्‍याएको आरोप लगाए। उनले सिमेन्टको मूल्य नियन्त्रण गर्न समितिले तत्काल निर्देशन दिन आवश्यक रहेको बताए।

    ‘सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्‍याएको छ। यो विषयमा समितिले आवश्यक निर्देशन गर्नुपर्छ‚’ उनले भने‚ ‘सिमेन्टमा व्रह्मलुट भएकाले बैठकले निर्देशन गर्नुपर्छ। विद्युतको रकम बुझाउन सरकारको समेत मिलेमतोमा सिमेन्ट व्यवसायीहरुले उपभोक्ताहरुलाई मार पर्नेगरी दोब्बर मूल्य वृद्धि गरेका छन्। अब डण्डीको पनि १५ रुपैयाँसम्म बढाउन थालेका छन्।’