२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

नवजनजागृति यूवा क्लबमा निर्वाचित कार्यसमितिको पदभार ग्रहण सम्पन्न



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या ३९१
  • सिमरा : नवजनजागृति यूवा क्लब सिमरामा निर्वाचित कार्यसमितिको सपथ तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार सिमरामा सम्पन्न भएको छ । 

    निर्वाचन समितिका संयोजक सुमनकुमार भट्टराईले नव–निर्वाचित अध्यक्ष रामचन्द्र लामा सहितका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । 

    गत पौष २९ गते सम्पन्न क्लबको छैठौं अधिवेशनले लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । शुक्रबार सिमरा रङ्गशालामा निर्माणाधिन एकेडेमी भवनको सभाहलमा आयोजित एक कार्यक्रमका विच नव–निर्वाचित समितिको सपथ तथा पदभार ग्रहण गराईएको निर्वाचन समितिका संयोजक सुमनकुमार भट्टराईले जानकारी दिनुभयो । 

    नवगठीत कार्यसमितीको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा राजदास श्रेष्ठ, महासचिवमा शम्भुसिंह ठकुरी, सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा शालीकराम अधिकारी, सदस्यहरुमा सुधिरजङ्ग राणा, शरदचन्द्र भट्टराई, नवराज न्यौपाने, इश्वर थपलीया, सन्तोष दाहाल, निराजन थापा, मनोज राई, विक्रम श्रेष्ठ, दिपक भट्टराई, रिता कँडेल र बसन्त लामा चयन भएका थिए ।