२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

पाँचौ डुमरवाना क्रिकेट च्याम्पियनसिप माघ अन्तिम साता, बिजेताले १ लाख पाउने



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या २५८
  • नारायण पौडेल
    सिमरा :
    जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा पाँचौ डुमरवाना क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।

    प्रगतिशिल युवा क्लबको आयोजनामा माघ २६ गतेदेखि प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताबारे जानकारी दिन आयोजक क्लबले आज प्रगतिशिल खेल मैदान पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

    फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने आयोजक क्लबका सचिव बासु नेपालले जानकारी दिनुभयो । प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट संघ, रौतहट क्रिकेट क्लब गरुणा, कलैया क्रिकेट क्लब कलैया, ईस्टन त्रिकेट क्लब चितवन र आयोजक प्रगतिशिल युवा क्लबको सहभागिता रहनेछ ।

    प्रतियोगिताको बिजेताले १ लाख र उप बिजेताले ५० हजार रुपैया पाउने सचिव नेपालले बताउनुभयो । लिग फर्मेटमा सञ्चालन गरिने प्रतियोगितामा प्रत्यक टिमले २ खेल खेल्नेछन् । प्रतिशिल खेल मैदानमा हुने प्रतियोगिता करिव १० लाखको लागतमा आयोजना हुन लागेको हो ।

    प्रतियोगितामा प्रत्यक दिन म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर र बेस्ट ब्याटरतर्फ बिधागत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितालाई सफल बनाउन बारा जिल्ला क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गरेको छ ।

    पत्रकार सम्मेलनमा जीतपुसिमरा १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले प्रतियोगिता आयोजना गर्न वडा स्तरबाट पनि सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । खेल क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने भन्दै उहाले समग्र क्षेत्रको विकासमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पुर्व वडा सदस्य राजन भट्राई, नेकपा एमालेका नेता राजकुमार अर्याल, माओवादीका नेता नेता हरिकृष्ण के.सी, क्रिकेटप्रेमी पंकज शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष कृष्ण नेपालले स्वागत मन्तब्य राख्नुभएको थियो । क्लबका अध्यक्ष प्रदिप पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बासु नेपालले गर्नुभएको थियो ।