२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

कलैयाले जित्यो पाँचौ डुमरवाना क्रीकेटको उपाधि



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या २९४
  • नारायण पौडेल 
    सिमरा : डुमरवाना क्रिकेट च्याम्पियनसिपको पाचौं संस्करणको उपाधि कलैया क्रिकेट क्लबले जितेको छ ।

    शनिबार भएको फाइनल खेलमा कलैयाले मकवानपुर क्रिकेट संघ लाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो।जीतपुरसिमरा १५ भवानीपुर स्थित प्रगतिशिल खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कलैयाले मकवानपुरलाई १८१ रनको लक्ष्य दिएको थियो ।

    कलैयाले दिएको बिशाल लक्ष्य पछ्याएको मकवानपुर ९५ रनमै अलआउट भएको थियो ।

    प्रतियोगिताको म्यान अफ द म्याच सेराज हवारी घोषित भए । प्रतियोगिताको बेस्ट बलर पियुस शर्मा, बेस्ट ब्याटर आकाश थापा र म्यान अफ द सिरिज तिरिजराज दास घोषित भए ।

    प्रतियोगितामा बिजयी खेलाडीहरुलाई मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।