२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

सुनको भाउ फेरि उच्च विन्दुमा



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या १३०
  •  काठमाडौं : सुनको भाउ फेरि उच्च विन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकेको छ । यो मूल्य नै नेपाली बजारमा उच्च हो । यद्यपि यसअघि कात्तिक १५ गते पनि यहीं मूल्य कायम भएको थियो ।

    अघिल्लो दिनको तुलनामा आज ५ सय रुपैयाँ मूल्य बढेको हो । चाँदी तोलमा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९५ रुपैयाँ पुगेको छ ।