२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

डुमरवानामा म्याराथन दौडको आयोजना



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या १५६
  • नारायण पौडेल
    सिमरा :
    जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाले म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ । स्वर्गिय राजु महत्तोको स्मृतीमा बिद्यालयले पुर्व बिद्यार्थिहरुको सक्रियतामा म्याराथन दौड प्रतियोगिता आयोजना गरेको हो ।

    ५ किलोमिटरको म्याराथन दौडमा पुरुष र महिला गरी १०० जना बिद्यार्थिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ लोटस एकेडेमीका राजाबाबु दास प्रथम, एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमीका आर्यन चौधरी द्धित्तिय र होलि गार्डेन पथलैयाका ईभान लामा तृत्तिय भएका थिए ।

    यसैगरी महिलातर्फ राष्ट्रिय बिभुतीकी अनुस्का चौधरी प्रथम, न्यु एकता सिमराकी स्मृती श्रेष्ठ द्धित्तिय र राष्ट्रिय बिभुतीकै करुना बछारा तेस्रो भएकी छिन् । प्रतियोगितामा प्रथम, द्धित्तिय र तृत्तिय हुन सफल बिद्यार्थिहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    राष्ट्रिय बिभुतीको २०७३ सालको एसएल्सी ब्याचसंगको सहकार्यमा बिद्यालयले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका बिभिन्न बिद्यालयका बिद्यार्थिहरुले सहभागिता जनाएका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गिय राजु महत्तोका बुबा रामअवतार महत्तो र आमा कमला देवी महत्तो लगायत बिभिन्न बिद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रिन्सिपल किशोर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका सञ्चालन श्याम प्रसाद भट्राईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।