सिमरा : जिल्ला प्रशासन कार्यालय बाराले बिहान साढे सात बजेदेखि साँझ सात बजेसम्म राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै बिहान साढे सात बजेदेखि साँझ सात बजेसम्म राष्ट्रिय परिचयपत्र वितरण गर्ने जनाएको छ ।
चैत ६ बुधबार देखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक दिन उक्त समयमा कार्यालयबाट प्रवाह हुने व्यवस्था मिलाईएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस