२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

औराहाको जामे मस्जिदमा संघीय सांसद श्रेष्ठ सहित ईफ्तारमा पुगे मेयर र वडाध्यक्ष



  • नयाँ इतिहास
  • २ हप्ता अघि
  • पाठक संख्या ५०२
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको जामे मस्जिदमा सोमबार बारा ४ का सांसद सहित जीतपुरसिमराका नगर प्रमुख र वडाध्यक्ष ईफ्तारमा सहभागी भएका छन् । 

    पुर्व मन्त्री समेत रहेका बारा ४ का सांसद किसानकुमार श्रेष्ठ धर्मपत्नी सहित ईफ्तारमा सहभागि भएका थिए । सांसद श्रेष्ठसंगै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, जीतपुरसिमरा ४ का वडाध्क्ष भोजबहादुर खत्री ‘इश्वर’, नेपाली काँग्रेस जीतपुरसिमराका युवा नेता शेखर भण्डारी लगायतका नेताहरु ईफ्तारमा सहभागी भएका थिए । 

    सांसद सहितका व्यक्तिहरु ईफ्तारमा सहभागी हुन पुग्दा स्थानीय मुस्लिम धर्मावलम्वीहरु खुशी भएका थिए । सांसद श्रेष्ठ सहित कार्यक्रममा सहभागिले ईस्लामिक धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा शुभकामना आदानप्रदान गरेका थिए । 

    धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पबित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूलाई शुभकामना दिनका लागि इफतार कार्यक्रमहरुमा सहभागि हुने आफ्नो कार्यक्रम रहेको सांसद श्रेष्ठले बताए ।