३ बैशाख २०८२ बुधबार | 16 Apr 2025 Wed

सर्लाहीको भरत तालमा गुडिरहेको कारमा आगलागी



  • नयाँ इतिहास
  • २० घण्टा अघि
  • पाठक संख्या १११
  • सर्लाही : सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा एउटा कारमा आगलागी भएको छ ।

    नयाँ वर्षको अवसरमा बागमती नगरपालिका–१२, स्थित ताल परिसरमा घुमफिरका लागि आएका मानिस सवार ना. ५ च २३३२ नम्बरको कारमा आफैँ आगलागी भएको हो । कारमा आगलागी सुरु हुनासाथ भित्र रहेका मानिसहरूले तत्काल बाहिर निस्किएर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

    कारमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको हो । हरिवन नगरपालिकाबाट दमकल मगाइएको भए पनि नयाँरोडसम्म दमकल पुुग्दा बालुवा र पानी हालेर आगो निभाउन सफल भएकाले दमकलाई बिच बाटोबाटै फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुवास यादवले जानकारी दिनुुभयो । 

    प्रहरी नायब निरीक्षकका अनुसार आगलागीबाट कारको अघिल्लो भाग, इन्जिन र सिसामा क्षति पुुगेको छ । आगलागीबाट क्षतिग्रस्त कार ताल परिसरमै किनारा लगाएर राखिएको कर्मैया प्रहरीले जनाएको छ । गुडिरहेको कारमा आगलागी हुनुको कारण खुल्न सकेको छैन ।