सिमरा : नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका अधिवेशनमा मङ्गलबार विहानबाट शुरु भएको मतदान दिउसो ३ बजे सकिएको छ ।
प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल ३ सय ४८ मतदाता रहेकोमा ३ सय २६ मत खसेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव खुल्ला तथा उपसचिव महिला गरी पाँचवटा पदका लागि मात्र मतदान भएकाले मतगणनामा समय नलाग्ने प्रमुख निर्वाचन अधिकृत भण्डारीले बताए । निर्वाचन कमिटीले अहिले केहिबेरमा मतगणना शुरु गर्ने गरी काम गरिरहेको प्रमुख निर्वाचन अधिकृत भण्डारीले बताए ।
अध्यक्ष पदका उम्मेदवार त्रिलोक विक्रम शाह र ताराबहादुर बस्नेत ‘हिरा’ प्यानल बनाएर निर्वाचनमा सहभागि भएका थिए । मतदानमा सहभागि भएका प्रतिनिधिहरुले एउटै प्यानलमा नभई मिश्रित मतदान गरेकाले परिणाम मिश्रीत आउने आँकलन गरिएको छ । अधिकाँश मतदाताले आफूहरुले प्यानलमा नभई ब्यक्तिगत उम्मेदवारका आधारमा मतदान गरेको प्रतिकृया दिएका छन् । अध्यक्ष पदमा शाह र बस्नेतविच कडा प्रतिष्पर्धा देखिएको छ ।
त्रिलोक विक्रम शाहको प्यानलबाट उपाध्यक्षमा कैमुद्दिन अंसारी, सचिवमा रविन्द्रराज भण्डारी, उपसचिवमा विष्णु सापकोटा र उपसचिव महिलामा अलौपीया चौधरी उम्मेदवार छन् । भने हिराबहादुर बस्नेतको प्यानलमा उपाध्यक्ष पदमा सुनील गुप्ता, सचिवमा रमेशकुमार पौडेल, उपसचिवमा इम्तियाज आलम र उपसचिव महिलामा समिता शर्मा उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस