सिमरा : बाराको सिमरा रङ्गशालामा रहेको खेल मैदान स्तरोन्नतीका लागि राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिले अनुगमन गरेका छन् ।
राखेपका पुर्वाधार महाशाखा प्रमुख इन्जिनियर राजु श्रेष्ठले रङ्गशालामा निर्माणाधिन पुर्वाधार तथा खेलमैदानको नीरिक्षण गरेका हुन् । १५ औं जीतपुरसिमरा गोल्डकप सम्पन्न भएसंगै राष्ट्रिय खेलकुद परिषदले खेलमैदान स्तरोन्नती गर्ने गरी प्रकृया अघि बढाइसकेको छ । हाल रङ्गशालामा रहेको खेलमैदान केहि मिटर पुर्वतर्फ सार्नुपर्ने आवश्यक्ता रहेको र पछिल्लो डिपीआर बमोजिम तयार पारिने बताईएको छ ।
राखेपले सिमरा रङ्गशालामा प्यारापिट निर्माणका लागि यसबर्ष पाँच करोड बढीको टेण्डर आह्वान गर्ने र प्यारापिटको निर्माण शुरुहुनु अघि खेल मैदानलाई स्तरोन्नती गरिसक्ने लक्ष्य राखिएको छ ।
राखेपका पुर्वाधार महाशाखा प्रमुख श्रेष्ठलाई सिमरा रङ्गशालामा निर्माणाधिन पुर्वाधारहरुका विषयमा नवजनजागृति युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाले जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस