सिमरा : नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीको अध्यक्ष त्रिलोक विक्रम शाह प्यानल सहित विजयी भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल ३ सय ४८ मतदाता रहेकोमा ३ सय ३२६ मत खसेको थियो ।
अध्यक्ष पदमा त्रिलोक विक्रम शाहले २०७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी ताराबहादुर बस्नेत‘हिरा’ले १०६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कैमुद्दिन अंसारी १८७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सुनीलकुमार गुप्ताले १२२ मत प्राप्त गरेका छन् ।
सचिव पदमा रविन्द्रराज भण्डारी विजयी भएका छन् । भण्डारीले १६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी रमेशकुमार पौडेलले १३८ मत प्राप्त गरेका छन् ।
उपसचिव खुल्लामा विष्णुप्रसाद सापकोटा १९५ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी इम्तियाज आलमले १०१ मत प्राप्त गरेका छन् ।
उपसचिव महिला तर्फ अलौपीया चौधरी निर्वाचित भएकी छन् । चौधरीले १८२ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्दी समिता शर्माले १२४ मत प्राप्त गरिन् ।
अध्यक्ष पदका उम्मेदवार त्रिलोक विक्रम शाहलाई पोलीटब्युरो सदस्य पुरुषोतम पौडेल समुहको समर्थन थियो भने ताराबहादुर बस्नेत ‘हिरा’ लाई पोलीटब्युरो सदस्य ज्वालाकुमारी साह समुहको समर्थन थियो ।
बारा जिल्ला इन्चार्ज समेत रहेकी पुर्बमन्त्री एवं बारा ३ कि प्रतिनिधि सभा सदस्य साह र पुर्वमन्त्री समेत रहेका पौडेल दुबैले आफूहरुको कुनै प्यानल नभएको दाबी गरेपनि एमाले नगर अधिवेशनमा कार्यकर्ताहरु प्रष्ट विभाजित भएको देखिएको छ ।
नगर अधिवेशनमा प्राप्त विजयपछि अध्यक्ष त्रिलोक विक्रम शाहले निर्वाचनको प्रकृयामा देखिएका स्वभाविक विभाजनहरु आजैबाट अन्त्य भएको भन्दै बलीयो पार्टी निर्माणमा सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताएका छन् । एमाले जीतपुरसिमराका सबै प्रतिनिधिहरुलाई अध्यक्ष निर्वाचित शाहले धन्यबाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस