२ जेठ २०८२ बिहिबार | 15 May 2025 Thu

थारुका छोरा माथिको ज्यादतीले नागरिकको असुरक्षा महशुस भयो



  • नयाँ इतिहास
  • ७ दिन अघि
  • पाठक संख्या १७५
  • सिमरा : प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरी माथिको ज्यादतीले नागरिकको असुरक्षा बढाएको बताएका छन् । 

    पुर्वमन्त्री समेत रहेका बारा ४ का सांसद श्रेष्ठले बुधबारको प्रतिनिधि सभा वैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्नुअघि रेशम चौधरीमाथी भएको ज्यादतीको विरोध गरे । 

    ‘सर्बप्रथम म नागरिक उन्मुक्ती पार्टीका संरक्षक एवं मधेशका भूमिपुत्र, थारुका छोरा श्री रेशम चौधरीमाथी भएको ज्यादतीको घोर भत्र्सना गर्दै नागरिकको सुरक्षाको लागि सचेत रहन सरकारसंग माग गर्दछु ।’ सांसद श्रेष्ठले भने ।