मुम्बई : बलिउड अभिनेत्री रविना टण्डन अहिले चर्चामा छिन् । आफुमाथि कुटपिट भएको दाबी गरेपछि यी अभिनेत्री चर्चामा आएकी हुन् । एउटा सीसीटीभी भिडियो भाइरल भइरहेको छ जसमा रविना टण्डनमाथि कुटपिट भएको दाबी गरिएको छ ।
तर प्रहरीले उनीमाथि कुटपिट नभएको दाबी गरेको छ । रविनाले मदिरा सेवन गरेर यस्तो बेलेको प्रहरीको भनाई छ ।
अभिनेत्री तथा भाजपा नेता बनेकी कंगना रनौतले रविनामाथि भएको हमला प्रति चिन्ता व्यक्त गरेकी छिन् । उनले रविना टण्डनको समर्थन गर्दै उनीमाथि हातपात गर्नेलाई कारवाही गरिनु पर्ने माग गरेकी छिन् ।
कंगनाले लेखेकी छिन्,‘रविना टण्डन जीलाई के भयो त्यो एकदमै चिन्ताजनक छ, यदि विपरित समूहमा ५–६ जना थपिएका भए उनीहरूलाई पिटेर मारिने थियो । उनीमाथि हमला गर्ने त्यस्ता मानिसहरूलाई कारवाही गर्नुपर्छ भन्ने माग गर्दछु ।’ कँगना रौनतको सामाजिक सञ्जालमा यो पोष्ट आएपछि अहिले रविना चर्चामा आएकी हुन् ।
मुम्बई पुलिसले रविनाको कार कसैसँग अरुको कार नठोक्किएको दाबी गरेको छ । रविना र उनको आमामाथि सार्वजनिक हातपात भएको देख्ने दर्शकहरुले बताएका छन् । गाडी ठोक्किएको बहानामा उनीमाथि केही व्यक्तिले हमला गरेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस