२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

सुशान्त केसीको गीत ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा



  • नयाँ इतिहास
  • ५ महिना अघि
  • पाठक संख्या ८०
  • काठमाडौं : सुशान्त केसीको पछिल्लो गीत ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । आइतबारदेखि सूचीमा समावेश यो गीत ट्रेन्डिङको ९३ औं स्थानमा छ ।

    दुई साताअघि प्रिमियर भएको यो गीत नेपालमा भने त्यसयता नै संगीत खण्डतर्फको ट्रेन्डिङमा शीर्षस्थानमा छ । यो गीतलाई अहिलेसम्म एक करोड ४२ लाख पटक हेरिएको छ ।

    सुशान्तकै शब्द तथा संगीत रहेको गीतमा सुशान्तसहित इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठको समेत अभिनय छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने यो चौथो नेपाली गीत हो ।