सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा रहेको मौलाकालीका डेरी उद्योगले २५ रुपैयाँमै शुद्ध मोही बजारमा ल्याएको छ ।
सहकार्य ब्राण्डमा बजारमा दुध तथा दुधजन्य उत्पादन विक्री गर्ने मौलाकालीका डेरीले बढ्दो गर्मीलाई लक्षित गरेर मोही बजारमा ल्याएको उद्योगका प्रमुख सञ्चालक रामप्रसाद लामिछानेले जानकारी दिए ।
मौलाकाली डेरी उद्योगबाट उत्पादन हुने मोही हाल बारा र पर्साका विभिन्न स्थानमा उपलब्ध रहेको र केही समयमा अन्य जिल्लामा समेत उपलब्ध हुने उद्योगका प्रमुख सञ्चालक लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस