२ जेठ २०८२ बिहिबार | 15 May 2025 Thu

६ करोड बढि आन्तरिक आयको ठेक्का समयमै लगाउने तयारी



  • नयाँ इतिहास
  • १ हप्ता अघि
  • पाठक संख्या ३७९
  • सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६ करोड भन्दा बढिको आन्तरिक आयको ठेक्का समयमै लगाउने तयारी थालेको छ । 

    नगर कार्यपालिकाको ३८ औं बैठकबाट आगामी आर्थिक बर्ष २०८२।८३ को आन्तरिक आय ठेक्का समयमै बन्दोबस्त गर्ने निर्णय गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए । 

    कवाडी तथा जीवजन्तु कर, सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क, जीतपुर पाडा बजार, जीतपुर गुदरी तथा हाट बजार, डुमरवाना, फतेपुर र इनर्वासिरा हाटबजार शुल्क संकलनको ठेक्का सम्बन्धमा उपमहानगरपालिकाको राजश्व परामर्श समितिले गत वैशाख गतेको बैठकबाट सिफारिस गरेको न्युनतम कबोल अंकलाई कायम गरि विद्युतीय बोलपत्र मार्फत ठेक्का बन्दोबस्तका लागि सुचना प्रकाशन गर्ने तयारी गरेको छ । 

    चालु आर्थिक बर्षमा सोही शीर्षकमा ठेक्का लागेको रकमलाई आगामी आर्थिक बर्षका लागि न्युनतम कबोल अंक कायम गरिएकोले ठेक्का लाग्दा तोकिएको न्युनतम अंक भन्दा बढि राजश्व संकलन हुनेछ । 

    चालु आर्थिक बर्षमा नदिजन्य पदार्थको ठेक्का बन्दोबस्त गर्न नसकेपछि आलोचना खेपिरहेको उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि सबै प्रकारका आन्तरिक आयको ठेक्का प्रकृया समयमै सम्पन्न गर्ने तयारी गरिरहेको छ । 
     

    कुन ठेक्काको न्युनतम रकम कति ? यो हेर्नुहोस्