सिमरा : बाराको जीतपुरसिमरा ७ मा रहेको लल्का पुलमा खस आर्य समाज सिमराले २१ वटा राष्ट्रिय झण्डा फहराएको छ ।
विहिबार विहान गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय झण्डा राखिएको खस आर्य समाजका सचिव रामकुमार अर्यालले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिका २ मा बस्ने युवा समाजसेवीहरुको अग्रसरतामा गठन भएको खस आर्य समाजले विभिन्न सामाजिक गतिविधिहरु गर्ने क्रममा विहिबार झण्डा राख्ने कार्य गरको हो ।
उपमहानगरका दुई मुख्य बजार क्षेत्र जीतपुर र सिमरालाई जोड्ने सिमानाका रुपमा रहेको लल्का पुलको आकर्षण बढाउने उद्देश्यले गणतन्त्र दिवसका अवसर पारेर झण्डा राखिएको सचिव अर्यालले बताए ।
कार्यक्रममा खस आर्य समाजका अध्यक्ष शरद पराजुली, जीतपुरसिमरा २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, सचिब झलक भट्टराई, विरेन्द्र बास्कोटा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस