२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

मधुमेह देखिएपछि तुरुन्तै छोड्नुपर्ने केही खानेकुरा



  • नयाँ इतिहास
  • १० महिना अघि
  • पाठक संख्या ६९
  • एजेन्सी । अहिले मधुमेह दुनियाँभरमा आम स्वास्थ्य समस्यामध्ये एक भइसकेको छ । यो तीव्र गतिमा बढिरहेको ‘साइलेन्ट किलर’ बिमारी जस्तो हो, जसले शरीरलाई भित्रभित्रै सिध्याउँदै लैजान्छ ।

    त्यसैले मधुमेह भएपछि औषधिमा मात्रै भर पर्नुभन्दा खानपानमा पनि विशेष परिवर्तन गरियो भने सन्तुलनमा आउन सक्छ ।

    केही त्यस्ता खानेकुरा छन्, जो मधुमेहका बिरामीले नखाएको राम्रो हुन्छ । मधुमेह भइसकेपछि बिरामीले खान नहुने केही खानेकुरा बारे जान्नुहोस्-

    मिठो अर्थात गुलिया चीजदेखि टाढै रहनुहोस् । तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने चिनी त छोड्नु नै पर्छ र यसबाट बनेका मिठाई वा अन्य प्राकृतिक रूपमा धेरै चिनी भएका चीज पनि नखानुहोस् ।

    मधुमेह भएको अवस्थामा मिठाई तथा प्रसोधन गरिएका खाद्य पदार्थबाट पनि बच्नुपर्छ । किनकि यसले तीव्र गतिमा सुगर लेवल बढाउँछ । समोसा, सेतो चामल, ब्रेड, पास्ता, पिज्जा जस्ता मैदाले बनेका चिज मधुमेहका बिरामीका लागि विष बराबर हुन्छ ।

    तेलबाट बनेका चीज तथा तारेको, तेलमा भुटेका चीज पनि खानु हुँदैन । कुनै पनि चीजलाई धेरै तेलमा पकाउँदा त्यसमा अत्यधिक कार्बोहाइड्रेट र सुगरको मात्रा बढ्छ । जसले मधुमेहका बिरामीको समस्यालाई पनि बढाउँछ ।

    सफ्ट ड्रिंक्स तथा फलफूलको जुसमा पनि अत्यधिक मात्रामा सुगर हुन्छ । त्यसैले ताजा फल पनि सीमित रूपमा खानु पर्दछ । ताजा फलको जुसमा पनि अत्यधिक चिनी हुन्छ ।