२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १६७ पुग्यो



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या १०१
  • काठमाडौं : दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १६७ पुगेको छ । उद्धार कार्य अहिले पनि चलिरहेको छ ।

    दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको थियो । सो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

    विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ ।

    समाचार एजेन्सी योनहापकाअनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरिया र दुईजना थाइल्याण्डका थिए ।