२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

२०८४ को चुनावपछि कांग्रेसको महाधिवेशन गरे पनि हुन्छ: शशांक कोइराला



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या ९६
  • काठमाण्डौं : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले १५ औं महाधिवेशन २०८४ को आमचुनावपछि गरे पनि हुने बताएका छन्।

    आमचुनावको मुखमा महाधिवेशन गर्न नहुने उनको भनाइ छ।

    कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेकोले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ।

    तर पूर्वमहामन्त्रीसमेत रहेका कोइराला भने तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने प्रतिक्रिया दिएका छन्।

    चितवनमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताएका हुन्।

    ‘२०८४ मा आम निर्वाचन हुनेछ। त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो। होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,’ उनले भने।

    निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने पनि उनले बताए। ‘आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्छ,’ उनले भने।

    महाधिवेशनको मिति केन्द्रीय समितिले तय नगरे पनि नेताहरू १५ औं महाधिवेशन तयारीमा जुटिसकेका छन्।