२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या ८६
  • काठमाडौं : प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन् ।

    सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।

    प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

    झापाको शिवसताक्षी– २ निवासी राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।