२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

परेवा समात्न खोजेको विषयले गढीमाई परिसरमा तनाव



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या १२६
  • बारा — महागढीमाई नगरपालिकाअन्तर्गत वडा नम्बर-१ बरियारपुर गाउँको शक्तिपीठ गढीमाई परिसर शुक्रबार बिहानैदेखि तनावग्रस्त बनेको छ । मेयर उपेन्द्र यादव स्थानीयको घेराबन्दीमा परेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको कमान्डमा थप टोली परिचालन गरिएको छ । 

    गाउँका केही १२ र १३ वर्षका उमेर समुहका केही बालकहरूको समूह बिहीबार साँझ मन्दिर परिसरमा पुगेर मन्दिरको परेवा समात्न खोजेपछि नगर प्रहरीले कुटपिट गरेका थिए ।

    कुटपिट गरिएको घटनालाई लिएर शुक्रबार एउटा समूह मन्दिर परिसरमा पुगेर नगर प्रहरीसित वार्तालाप गर्न गएका बेला तिनीहरूबीच झन् विवाद बढेको थियो । त्यसपछि नगर प्रहरीले लाठीचार्ज गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको वडा नम्बर-१ का अध्यक्ष मनोज गुप्ताले बताए । स्थानीयले मेयर यादव र नगर प्रहरीलाई मन्दिरनजिकैको विवाह मण्डपको भवनभित्र घेराबन्दीमा पारेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले 'स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस्, सार्वजनिक र व्यक्तिगत शान्ति सुरक्षामा असर नपरोस्' भन्ने उद्देश्यले सशस्त्र र नेपाल प्रहरीको थप बल परिचालन गरिएको बताए ।